सम्मान र स्वाभिमानसँग जोडिएको शिक्षक आन्दोलन

 आदरणीय शिक्षक मित्रहरु 🙏🏽🙏🏽 यो संझौता ऐतिहासिक शिक्षक आन्दोलन को '💐प्रोफिट बुक💐 मात्र हो ।

यसबाट तेत्रो ठुलो आकासै झरे जसरि त हुनेवाला केहिआस थिएन तर सबै खाले शिक्षकको माग राखिएको र शिक्षकको सम्मान र स्वाभिमान पनि जोडिएकोले धेरै शिक्षक साथिहरु उत्साहित हुनुहुन्थ्यो।आन्दोलनमा गइयो र धेरै साथिहरु सग भेटघाट ,नाचगान, चिनजान ,थकान र पैसा खर्च राम्रै भयो । याहा केहि साथीहरु आन्दोलन थामेकै मैलेहो जसरि जस्को फेसबुक वालमा पनि गएर कमेन्ट र स्टाटस लेखिरहनु भयो भने  केहि साथिहरु ब्यासासनमा बसेका पण्डित जस्तै उपदेश मात्र छाटिरहनु भयो । धेरै साथिहरु ले अब दलिय आबद्धता नगर्ने घोषणा गर्नुभयो भने केहि साथिहरुको यो आन्दोलन ले दलका नेतासँग सम्बन्ध अझै सुधार गरेर ८४ को चुनाबमा टिकट पनि सुरक्षितै भयो जसरि गर्नुभयो। आन्दोलनको क्रममा जादा आऊँदा‌ मन घले  सरले  ज्यानै गुमाउनुपर्यो भने झापा लगायत धैरैठाउका साथिहरु दुर्घटना भएर घाइते हुनुभयो हाल सम्म पनि उपचार भइरहेको छ। निहत्था शिक्षक माथिको लाठिचार्ज र पानिको फोहराको प्रयोग पनि लोकतान्त्रिक सरकारको आचरण पनि राम्रोसँग देखियो । कसेैको मन्त्री पद गयो भने कसैलाइ मन्त्रिपदको चिठ्ठा नै पर्यो । शिक्षक महासंघ को नेतृत्ले आपसि मतएक्याता चै राम्रो सगँ गरेको पाइयो र आन्दोलनलाइ नियन्त्रण भन्दा बाहिर जान बाट रोकेकै हो यस मानेमा  नेतृत्व सफल भएको नै मान्नु पर्छ । अत: जेहोस जतिहोस केहि प्राप्त चै भएको छ।  तर कुरो यो होकि सानो उपलब्धि का लागि बढि समय खर्चिनुपर्यो । बिद्यालय , समुदाय र बिद्यार्थीले बढि मुल्य चुकाउनु पर्यो। यसको सबै दोस कुरै सुन्न  नचाहने बर्तमान सरकार र  बार्ता नै  गर्दिन भन्ने शिक्षक महासंघको नेतृत्वले लिनु पर्छ। सायद सांसदहरुको कार्यमा हस्तक्षेप हुन्छ भनेर होला फेरि पनि शिक्षक महासंघ ले अब बन्ने नया  ऐेन को भित्री बिषय बस्तुको बारेमा  संझौता मा कुनै शब्दहरु  नलेखिनु चै घोर आपत्ति जनक छ । तेसैले शिक्षक महासंघ ले एउटा समिति बनाओस जस्ले भोलिका दिनमा  गुणस्तरीय शिक्षा र बिद्यार्थी मैत्रि एबं पेसागत सुरक्षा को ग्यारेन्टी भएको शिक्षा ऐन बनाउनको लागि निरन्तर छलफल गर्नका लागि सहज होस । आगे जो मर्जी।🙏🏽🙏🏽💓❤️💐

Post a Comment

Previous Post Next Post