हामी विद्यालयमा पढ्यौ , पढायौँ तर न कहिल्यै सँस्कार सिक्यौँ न कहिल्यै सिकायौँ।

            म शिक्षक हुँ। मैले मार्गदर्शन गरेका दर्जनौं विद्यार्थी पनि यस्तै दर्शक हुन सक्लान्। यसका लागि सबैसँग म माफी चाहन्छु। न हामीले सिक्यौं, न सिकाउन सक्यौं। यो यस्तो संस्कार थियो जुन लगभग उसले विद्यालयमा नै सिक्नुपर्ने थियो।             

          सामाजिक संजालमा भ्युज, लाईक, शेयर बढाउनको लागि मानिसहरु कतिसम्म तल गिर्छन भन्ने कुरा पोखरा विमान दुर्घटनाको लाईभ गर्ने र फोटो खिच्न हतारिनेहरुका तस्विर हेर्दा प्रष्ट हुन्छ. केहि उद्धारकर्मीको भनाई अनुसार त्यहा थुप्रै मान्छे उछिट्टिएका थिए र शायद ज्युदै थिए. उद्दार गर्न अनुरोध गर्दा पनि कोहि तम्सेनन रे. एकदुई जनाले माटो फालेको बाहेक अरुले आगो नियन्त्रण गर्न खोजेको देखिएन. त्यहाको भिडले उद्धार र अग्नि नियन्त्रणको प्रयास गरेको भए केहि मानिस बाच्ने पो थिए कि?
 यो निष्क्रियता, फोटो/भिडियो खिचाई क्रुरता नै हो ।
 मृतक सबैको स्वर्गवासको कामना ।                                                          विमान दुर्घटना स्थलबाट एक्लै ७ जनाको उद्धार गर्ने यी युवा विकास सन्त्याललाई सलाम, 

'म घरबाहिर घाम तापेर बसिराखेको थिएँ । एक्कासी ठूलो आवाजसहित जहाज मेराे आँखै अगाडी सेती खोचको डिलमा बजारियो ।


प्लेन खस्नेबित्तिकै गेट खोलेर (सेतीखोंचलाई वरिपरि फलामे तारले घेरेर बन्द गरिएको छ, जसमा भित्र पस्न गेट बनाइएको छ) म भित्र दौडिएको हुँ ।


चप्पल पनि लगाको थिइनँ, म खाली खुट्टै दुर्घटनास्थलमा पुगेको थिएँ ।


म पुग्दासम्म अरु कोही पनि पुगेका थिएनन् । सुरुमा हेर्दा एकजना केटीलाई डिलमा देखें । म उनै भएकोतिर दौडिएको हुँ । त्यहाँ पुगेर मैले उनलाई तानें ।


सास चलिरहेको थियो । त्यो केटीलाई पानी नदिनूभन्दै थिएँ, अर्को एकजना बुढो दाइ आएर पानी हालिदियो ।


मैले नहाल्नूनहाल्नू भन्दा भन्दै बुढोले पानी, माटो हाल्दियो ।


घटना हुँदा १४-१५ जना नजिकै थिए । तर, त्यहाँ आएर कोही बचाउन आएनन् ।


प्लेन सुरुमा बाहिरै ठोक्किएर तल खसेको थियो, बाहिर ठोक्किँदा केही मान्छे बाहिर खसे । उनीहरुलाई मैले निकाले । २ जनाको त सासै चलिराखेको थियो ।


पछि उनीहरुलाई गण्डकी अस्पाल लगेको सुनें, अहिले के भयो थाहा छैन । मैलेचाहिँ डिलबाट ज्युँदै निकालेको हुँ । बाहिर अरु पनि खसेका थिए, अरुलाई पनि निकाल्न आउनुभन्दा कोही आएनन् । सबै भिडियो बनाएर बसे ।


अझ मैले त ‘तपाईंका बाबुआमा होलान्, दाजु भाइ होलान् आउनुस्’ भनेको हुँ । मेरो कुरा सुनेनन्, म एक्लैले ७ वटालाई बाहिर निकालें ।' Source: online khabar                    

j





विमान दुर्घटनामा परेका यात्रुहरु😥😥

किसान आचार्य

निशान्त आचार्य

शालिगराम आचार्य

सडकात अलिमिया

पूर्ण बहादुर गुरुङ

जितेन्द्र बहादुर कुँवर

एलिना बन्ड्रो

अनिशा बानियाँ

स्लक भट्ट

निरा छन्त्याल

आशिमा गुरुङ

अनुशा गुरुङ

बेलमान गुरुङ

विजयकुमार गुरुङ

जीवनकला गुरुङ

माया गुरुङ

लक्कि गुरुङ

शिवकुमार गुरुङ

सिता गुरुङ

यमुना गुरुङ

यास्मिन गुरुङ

रविन हमाल

सन्जय जैसवाल

सोनु जैसवाल

रचना काफ्ले

सीता कुमारी खड्का

अनिल कुमार राजभार

भगवती कुँवर

अविशेक कुश्वाह

ओम माया गुरुङ

सुस्मा पाण्डे

हरि परियार

कृष परियार

लक्ष्मी परियार

रिता परियार

अरुण पौडेल

लक्ष्मी पौडेल

प्रसिद्धि पौडेल

त्रिभुवन पौडेल

पोजन राना

सविना रायमाझी

राजन सापकोटा

अनिल शाही

संगिता शाही

आयुर्दि शर्मा

बेबि शर्मा

जमुना शर्मा

विशाल शर्मा

युवराज शर्मा

मोहन श्रेष्ठ

डा। शोना दिवाकर

बन्दना सुनार

राजुसिंह ठकुरी

चुर्ण थापा

गणेश थापा

लवराज तिमिल्सिना

को को थिए विदेशी यात्रुरु 


मेरोल लभ

आयूरी ल्यागीन

भिक्टर ल्यागीन

जेनितसन्डरा पालाभेकिनो

भिक्टोरिया अतुनिना

इलिना बण्डुरो

 रुअनकालुम क्रिघ्टोन

एलेक्जेण्डर आइरिडोरे


Post a Comment

Previous Post Next Post