संघीय तथा स्थानीय दुवैका कार्यक्रमको समरूपतामा बराहक्षेत्र नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखाले प्रविधिमैत्री शिक्षक समाज नेपालसँगको प्राविधिक सहयोगमा यहि असार ८ बाट १३ सम्म तपसिलका विषयवस्तुमा शिक्षकलाई आधुनिक प्रविधिप्रति अद्यावधिक गराउन र डिजिटल दक्षता विकास र शिक्षा तथा शिक्षणमा AI को अधिकमत उपयोगका लागि सामुदायिक, धार्मिक तथा संस्थागत (निजी) विद्यालयका लागि IT तालिम सञ्चालन गरिरहेको छ।
श्री महेन्द्र माध्यमिक विद्यालय चक्रघट्टीको साविक स्रोत केन्द्र र श्री आदर्श माध्यमिक विद्यालय चतरा बाट समानान्तरीय ढङ्गबाट यो तालिम सञ्चालन भइरहेको छ।
प्रविधिमैत्री शिक्षक समाज नेपाल, बराहक्षेत्रको प्राविधिक सहकार्यमा बराहक्षेत्र नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजना गरिएको यस तालिममा प्रविधि मैत्री शिक्षक समाज नेपालका सक्रिय सदस्यहरू श्री लक्ष्मीप्रसाद लिम्बु, श्री दीपक काफ्ले, श्री तुलसी श्रेष्ठ, श्री उत्तम कुमार सुवेदी, श्री राजकुमार खड्का र श्री लालु चौधरी सहजकर्ताका रूपमा भूमिका निर्वाह गरिरहनुभएको छ ।
आज पहिलो दिनको तालिममा सामुदायिक र धार्मिकमध्येबाट करिब ९०% शिक्षकहरूको उत्साहजनक उपस्थिति रहयो भने संस्थागत विद्यालयहरूमध्येबाट करिब १०% को मात्र सहभागिता रहयो। आशा गरौं आउँदा तालिमहरूमा यो सहभागिता बढ्ने छ र यो विषयवस्तुहरू विद्यालयमा व्यावहारिक रूपमै प्रयोग गरेर सिकाइलाई नयाँ उचाइ दिनुहुनेछ।
तपसिल
• AI Based smart way of official letter, report, article writing,
• Learning forum (Sikai Chautari),
• Smart use of AI in teaching-learning and capacity development with various powerful tools
• Updates in useful features of MS Word and Excel,
• Way of device-less digital interactive learning facilitation in the classroom,
• Development of useful web-based tools
• Development of useful Android apps
Tags:
News













