छोटो दूरीको धावहरीको श्रेणीमा आशाराम चौधरीको कृतिमानी

 छोटो दूरीको धावकहरूको श्रेणीमा

नेपालको उच्च स्थानमा रहन सफल त्रिभुवन

क्लबसँग सम्बन्धित खेलाडी आशाराम चौधरीले

आगामी साफ खेलकुद प्रतियोगितामा ४ सय

मिटर हडल्समा स्वर्ण पदक जित्ने लक्ष्य राखेका

छन् । हालै झापामा सम्पन्न राष्ट्रिय प्रतियोगितामा

१०० मिटर, २०० मिटर र ४०० मिटर रिलेमा

स्वर्ण पदक जितेका चौधरीसँग अहिले ३ वटा

राष्ट्रिय कीर्तिमान रहेको छ । उनीसँग अहिले २००

मिटर २१.६३ सेकेण्ड, ४०० मिटर ४८ ३२ सेकेण्ड

र ४०० मिटर हडल्स ५३.२३ सेकेण्डको कीर्तिमान

रहेको छ । यसो त उनले सैनिक खेलकद

प्रतियोगितामा १०० मिटर १०६९ सेकेण्डको

राष्ट्रिय कीर्तिमान पनि कायम गरेका थिए तर

आधिकारिक प्रतियोगिता बेगर नै सो कीर्तिमान

भंग गरिएको छ ।

गंगाराम चौधरी र धनियाँ देवी चौधरीका

छोरा आशारामको जन्म वि.सं. २०२२ साल माघ

५ गते सुनसरीमा भएको हो। एस. एल. सी. सम्मको अध्ययन गरेका आशाराम आफ्नो बाल्यकाल सम्झदै भन्छन्- स्कूल पढ्ने बेलामा वीरेन्द्र शिल्ड, हुन्थ्यो त्यस प्रतियोगितामा अरु साथीहरूले पदक

ल्याएको देखेर मलाई पनि त्यसरी नै पदक ल्याउन

भिभित्रै प्रेरित गरिरहेको थियो नभन्दै पछि मैले त्यही

प्रतियोगितामा २०० मिटर र ट्रिपल जम्पमा कांस्य

पदक ल्याएर वाल्यकालीन सपना भने पूरा गरे ।

वि.सं. २०४३ सालमा सैनिक पेशामा

प्रवेश गरेका आशाराम पुनः ०४४ सालदेखि

सक्रिय रूपमा खेलकदमा प्रवेश गरे । त्यो क्षण

अविस्मरणीय रहेको अनुभव गर्ने चौधरी भन्छन्-

अन्तरगण खेलकद प्रतियोगितामा म नयाँ व्यक्ति

भए पनि पुराना खेलाडीहरूको तुलनामा उच्च

प्रदर्शन गरेछ त्यसैले यसलाई खेलाडी बनाउनुपर्दछ

भनेर खेलाडी बनें । त्यसपछि ०४५ सालमा

महेन्द्रनगरमा भएको राष्ट्रिय प्रतियोगिता जन मेरो

पहिलो ठूलो प्रतिस्पर्धा थियो त्यसमा मैले १००

मिटरमा द्वितीय र २०० मिटरमा प्रथम स्थान

हासिल गरेको थिएँ। यो नतिजाले मलाई निकै

हौसला बढायो भनेर आशाराम बताउँदछन्

त्यसपछि आशारामले वीरगन्जमा भएको राष्ट्रिय

प्रतियोगितामा ४ स्वर्ण, १ रजत र ०५१ सालम

पोखरामा भएका राष्ट्रिय प्रतियोगितामा

५ वटा स्वर्ण पदक जितेर छोटो समयमा नेपालकै प्रथम खेलाडीसमेत बनेका थिए

अन्तर्राष्ट्रिय खेलकद वृत्तमा केही गर्ने

भावना लिएका आशाराम वर्तमान स्थितिप्रति निकै

गौरवान्वित छन् । यही खेलले मलाई चिनाएको छ

विदेशमा गएर देशको लागि खेल्न पाएको छु तर

एकपटक पदक जितेर ल्याउन पाए हुन्थ्यो भन्ने

भावना पनि उनी व्यक्त गर्दछन् । उमेर रहुञ्जे

खेलाडी बन्ने र त्यसपछि प्रशिक्षक बन्ने लक्ष्य राखेक

आशारामको भित्री चाहना भने माइकल जोन्सन

बन्नेछ रे, यस्तो चाहना हुनुको पछाडि उसको खे

प्रतिभाले प्रभावित गरेकोले हो भन्दछन् ।


Post a Comment

Previous Post Next Post