बधाई तथा धन्यवाद ज्ञापन

 किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बराहक्षेत्र-७,बाङ्गेद्वारा माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम र चौथो स्थान हासिल गरेबापत श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय कालाबञ्जारका दुई छात्रा  क्रमश सबिना बानिया र सबिना कार्कीलाई पुरस्कृत गरेको छ।


प्रथम र चौथो स्थान हासिल गर्ने यी दुवै छात्रा श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय कालाबञ्जरको कक्षा १० मा अध्ययनरत हुनुहुन्छ। 



विद्यालयको इज्जत प्रतिष्ठा र श्रीवृद्धि मा योगदान गरेबापत यी दुवै विद्यार्थीहरूलाई बधाई तथा धन्यवाद ज्ञापन गर्दछ।



प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र ट्रफी र नगद प्रदान गरेको छ।


Post a Comment

Previous Post Next Post