"कसैको चिच्याएको स्वर नसम्झनुहोस्, कहिलेकाहीँ त्यो पीडाले भरिएको अन्तिम आवाज हुन्छ..."
कहिले काँही मानिस बाहिर मुस्कुराइरहेको हुन्छ, तर भित्रभित्रै हजार चोट बोकेको हुन्छ।
उसको गल्ती के थियो? सबैको लागि राम्रो चाहनु? चुपचाप सबै सहनु?
तर समाजले कहिल्यै सोध्दैन — किन चुप छ ऊ? किन थाकेको छ ऊ?
बरु उसलाई नै दोषी देखाउने हतार गर्छन्।
शब्दका तीरले बारम्बार घाइते बनाइन्छ उसलाई, जसको शरीरभन्दा आत्मा बढी थाकेको हुन्छ।
मान्छेहरूले न त उसको पीडा बुझ्न खोज्छन्, न त सहानुभूति दिन्छन्।
बरु उसलाई दोषारोपण गरेर आफ्नै कठोरता सही प्रमाणित गर्न खोज्छन्।
साँचो कुरा के हो भने — सबैभन्दा चिच्याउने मान्छे सधैं सहि हुँदैन, अनि चुपचाप सहने सधैं दोषी हुँदैन।
त्यसैले कृपया, कहिल्यै पनि कसैको मौनतालाई कमजोरी नठान्नुहोस्,
केही घाउ त यस्ता हुन्छन्, जसको रगत देखिँदैन — तर पीडा जीवनभर जलिरहन्छ।
#मनछुने_सत्य #भावना_बुझ्न_सिकौं