हार्दिक बधाई तथा शुभकामना।

श्रीमान् योगराज पौडेलज्यू

प्रधानाध्यापक

श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय

बराहक्षेत्र -५, कालाबन्जार, सुनसरी

विषय: पदभार ग्रहणको अवसरमा हार्दिक बधाई तथा शुभकामना

महोदय,

विगत ३० वर्षदेखि यस विद्यालयका कार्यरत तपाईँ श्री योगराज पौडेलले यस श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयको प्रधानाध्यापकको पदमा मिति २०८२ साल वैशाख २४ गतेको दिनदेखि सफलतापूर्वक पदभार सम्हाल्नुभएको खबरले हामीलाई अत्यन्त हर्षित र गर्वित तुल्याएको छ। यस ऐतिहासिक अवसरमा तपाईंलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्न चाहन्छौं।

शिक्षा क्षेत्रको दीर्घ अनुभव, दूरदृष्टि, र समर्पित व्यक्तित्वका धनी तपाईंजस्तो सक्षम नेतृत्वले विद्यालयको निरङ्कुश नभई प्रजातान्त्रिक तवरबाट शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने मात्र नभई सम्पूर्ण शिक्षक, कर्मचारी र विद्यार्थीहरूको पेशागत हकहित तथा समग्र हित संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास लिएका छौं।

हामी विश्वस्त छौं कि तपाईंको नेतृत्वमा विद्यालयमा पारदर्शिता, उत्तरदायित्व र नवीनताको विकास हुनेछ। सहकार्य र समझदारीको भावनालाई आत्मसात गर्दै शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गर्न तपाईंले लिएको दायित्व सफल र प्रभावशाली हुनेछ भन्नेमा हामी ढुक्क छौं।

पुनः एकपटक, तपाईंको नयाँ दायित्वमा सफलताको कामना गर्दै, विद्यालय परिवारका तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौं।

शुभकामनासहित,

लालु चौधरी 

शिक्षक 

श्री जगनाथ डेडराज जनता माध्यमिक विद्यालय 

२०८२ वैशाख २४ गते













Post a Comment

Previous Post Next Post