अमहा सिमसारमा पानीसुल्के प्रतियोगिता सञ्चालन हुँदै

 


 

वराहक्षेत्र, कार्तिक ३ गते ।


सुनसरीको वराहक्षेत्रमा तेस्रो पानी सुल्के (स्टोनस्किपिङ च्याम्पियनसिप) सञ्चालन भइरहेको छ । अहिले भइरहेको अमाह सिमसारमा स्टोनस्किपिङ च्याम्पियनसिप मा जम्मा सहभागी सङ्ख्या ११३ मध्ये केहीले छनोट चरण पार गरेका छन्। छनोट चरण पार गर्न जम्मा पाँचवटा उछालहरू पार गर्नुपर्ने प्रावधान रहेको छ।


चतरा हाइकिङ समूहको आयोजना र अमाह सिमसारको सह आयोजनामा पानी सुल्के प्रतियोगिता सञ्चालन भइरहेको छ। 

‘जैविक विविधताको संरक्षण, स्थानीय पर्यटनको प्रवर्धन’ भन्ने नाराका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।


प्रतियोगितामा नगद पुरस्कारसहित प्रथम, द्वितीय र तृतीय हुने विजेताहरूले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । विजेताले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । 




आयोजक समितिका संस्थापक नवराज विष्टका अनुसार विश्वका विभिन्न देशमा पानी सुल्के प्रतियोगिता हुँदै आएको छ । नेपालमा भने यो खेलको प्रतियोगिता हुन थालेको तेस्रो वर्ष भएको विष्टले बताउनु भयो । उहाँ भन्नु हुन्छ यो खेल सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा खेलिन्छ । पानी सुल्के खेलका लागि चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर खेलिने यस खेलमा ढुङ्गा कति पटक उफ्रिन्छ त्यसैको आधारमा विजेता छनोट गरिने आयोजकले जनाएको छ । 



विश्वव्यापी रूपमा लोकप्रिय मानिँदै आएको यो खेल आयरल्यान्ड, अमेरिका,  स्कटल्यान्डमा वार्षिक रूपमा आयोजना हुँदै आएको बताइएको छ । 

आयोजकले प्रतियोगिताको निर्णय क्यामेरा प्रविधिबाट गरिने जानकारी दिएको छ । सय भन्दा बढीले प्रतियोगितामा सहभागी जनाउँदै आएको र यस वर्ष पनि प्रतियोगितामा सहभागीको उल्लेखीय सहभागीता बढ्ने आयोजकले जनाएको छ ।





Post a Comment

Previous Post Next Post