धनगढी उपमहानगरद्वारा थारू समुदायकी पहिलो महिला पाइलट चौधरीलाई सम्मान

 Skin_Hospital_Dhn


धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले थारू समुदायबाट पहिलो महिला पाइलट बनेकी टीका चौधरीलाई सम्मान गरेको छ।

उपमहानगरपालिकाले धनगढी–१३, कैलाली गाउँकी उनलाई सोमबार सम्मान गरेको हो। चौधरीलाई फूलमाला र प्रशंसापत्रसहित सम्मान गर्दै उनको ऐतिहासिक उपलब्धिको कदर गरिएको हो।

२१ वर्षीया चौधरीले दक्षिण अफ्रिकाबाट प्राइभेट पाइलटको लाइसेन्स प्राप्त गरेकी छन्। यद्यपि, पाइलट तालिम पूरा गर्नका लागि उनले अझै एक सय घण्टाको एकल उडान बाँकी छ।

धनगढीका मेयर गोपाल हमालले चौधरीको सफलतालाई थारु समुदाय मात्र नभई सम्पूर्ण सुदूरपश्चिम र देशकै लागि गर्वको विषय भएको बताए। उनले चौधरीको आगामी पाइलट करियर अझ सफल रहोस् भन्ने कामना गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे।

थारु समुदायकी पहिलो महिला पाइलट बनेर उनले समाजमा नयाँ सम्भावनाको ढोका खोलेको भन्दै युवतीहरूका लागि प्रेरणाको स्रोत बनेको समेत मेयर हमालले उल्लेख गरे।

सम्बन्धित

Post a Comment

Previous Post Next Post