थारु परिकार-बिरिया

 


पहिले पहिलेको हाम्रा समय मा थारुहरुको घर घरमा बर्खायाम का लागि तरकारी को जोहो हिउँदमा गर्ने गरिन्थ्यो ।


यद्यपि त्यो चलन थारुहरुको बस्तिमा आज पनि कायम छ तर पहिले जस्तो अहिले छैन।


त्यतिबेला मुलाको सुखद,खेसारी दालको अदौरी,बन्दा कोपि को सुखद जस्ता परिकार हरु पुष माघको जाडोमा खाली समय कटाउन र बर्खायाम मा हुने तरकारी को कमिलाइ पुर्ती गर्न का निम्ति घरका महिला सदस्य हरुले बनाउने गर्थे।


कर्कला  को पातको अइर कन्चन र माछा र कर्कला को डाढ मिसायेर बनाइयेको सिध्रा पहिले पहिले थारुहरुको घरमा बर्खायाम मा खाइने तरकारी मध्ये बिशेष हुन्थ्यो ।


अझ हामी सानो छदा बर्खायाम मा हुक्का र होकार मा मारियेको माछा को सेदा को स्वाद  अझै पनि जिब्रो मै झुन्डिएको छ।


अनि प्याज (मसिनो गरि काटियेको) मा मिलायेर बनाइयेको सानो सानो पोठी र डेर्नी माछा को चटनी लाई रोटि सित खादा को स्वाद ले आज मैले खाने गरेको बिदेशी बर्गर र स्यान्डबिच को स्वाद लाई भुलाइ दिन्छ।


याद आउँछ ती सब सायद तपाइँ लाई पनि याद आउँछ होला ती खानेकुरा को याद जस्लाइ आज तपाई मैले कमायेको लाखौं रुपैया ले किनेर खान सकिँदैन।


अब बिरिया मै आउ,

थरुहट मा पुष महिना को सुरुवात पछि खेतहरुमा खेसारी को दाल ले दाना फलाउन का निम्ति फुल फुल्ने तयारी गर्न थाल्छ।

ठिक त्यतिबेला नै ढकमक्क भयेको खेसारि को मुण्टा लाई टिपेर मासको दाल(काचो,पिसियेको) को लेदो मा मिलायेर बिरियालाइ तयार गर्ने गरिन्छ।


यसरी तयार गरियेको बिरिया लाई नसुन्जेल सम्म घाम मा सुकायेर ठेङी अथवा धमा मा राखिने गरिन्छ।


पछि बिरिया लाई आलु अथवा अन्य पायक पर्ने तरकारी सङ्ग मिलायेर पकाएर खाने  गरिन्छ।

...........

Post a Comment

Previous Post Next Post