आइटी स्रोत शिक्षकका लागि पाँच दिने क्षमता विकास तालिम सञ्चालन

  शिक्षा, युवा तथा खेलकुद शाखा बराहक्षेत्र नगरपालिकाको आयोजना तथा प्रविधिमैत्री शिक्षक समाज नेपाल, कार्यसमिति बराहक्षेत्रको प्राविधिक सहयोगमा हिजो मिति २०८२ जेष्ठ ४ गतेदेखि महेन्द्रनगर र आदर्श माध्यमिक विद्यालयमा समानान्तर रुपमा आइटी स्रोत शिक्षकहरूका लागि पाँच दिने क्षमता विकास तालिम सञ्चालन गरिएको छ।




यसअघि शिक्षा युवा तथा खेलकुद शाखा बराहक्षेत्रले शिक्षकहरू लाई प्रविधिमैत्री बनाउनका लागि तीनपटक अनलाइन तालिम सञ्चालन गरिसकेको छ र विगतका तालिमहरुबाट धेरै शिक्षकहरू लाभान्वित भएको शाखा प्रमुख भारतीको दावा रहेको छ।



जेष्ठ ४ गतेदेखि जेष्ठ ८ गतेसम्म सञ्चालन गर्न लागिएको यो तालिम आदर्श माध्यमिक विद्यालय चतरा र महेन्द्र माध्यमिक विद्यालय चक्रघट्टी मा समानान्तर रुपमा सञ्चालन गरिएको छ। 
यस कार्यक्रमलाई शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख श्री उत्तम भारतीले डिजिटल ब्यानर खोल्दै उद्घाटन गरेका थिए ।
प्रविधिसँग समय सापेक्ष अध्यावधिक राख्नका लागि शिक्षा शाखाले गत वर्षदेखि नगरका शिक्षकहरूलाई प्रत्यक्ष सहभागीतामा तालिम सञ्चालन गर्दै आएको छ। यसले शिक्षकहरूलाई तरो ताजा बनाइराख्न मद्दत गर्नेछ भन्ने शाखा प्रमुख भारतीको रहेको छ।

               








कार्यक्रमलाई राष्ट्रिय गान सँगै प्रविधिमैत्री शिक्षक समाज नेपाल कार्यसमिति बराहक्षेत्र का सचिव तथा सहजकर्ता श्री राजकुमार खड्काले औपचारिक रुपमा सञ्चालन गरेका थिए।

तालिममा प्रविधिमैत्री शिक्षक समाज नेपाल सम्बद्ध शिक्षकहरु लक्ष्मीप्रसाद लिम्बु, दीपक काफ्ले, तुलसी, श्रेष्ठ राजकुमार खड्का, उत्तम कुमार सुवेदी र लालु चौधरीले सहजकर्ताको भूमिका निर्वाह गरेका छन्। 
आदर्श माध्यमिक विद्यालय चतरा र महेन्द्र माध्यमिक विद्यालय चक्रघट्टी मा समानान्तर रूपमा सञ्चालन गरिएको यस तालिममा ६ दर्जन बढी शिक्षकहरू सहभागी रहेका छन्।

Post a Comment

Previous Post Next Post