कठै मेरो विद्यालय श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय!!
बाँदरहरूको हातको नरिवल नबनाइयोस्।
........................................................................
विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन एक सबल र सक्षम विद्यालयको दुई स्वस्थ पांग्राहरू
हुन्। यी दुई पाङ्ग्राहरूमध्ये कुनै एक घाइते वा अपाङ्ग भए समग्र विद्यालय प्रणाली मै नकारात्मक असर पर्न जान्छ। यी दुई अङ्गहरूमा आपसी मतभेद र मनमुटाब हुँदा समग्र विद्यालय प्रणालीमा असर पुग्न जान्छ। यस्तै अवस्था हाल मेरो विद्यालयमा आइपरेको छ।
गत मिति २०८२ असार २५ गते विद्यालय व्यवस्थापन समितिको माइनुट पुस्तिका च्यातिएको छ। यसै मुद्दालाई सामाजिक सञ्जाल मार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्कल पराजुली तथा विद्यालय व्यवस्थापन समिति सदस्य कमला कार्की कटवालले विद्यालयमा भएका अनियमितता लाई ढाकछोप गर्न प्रधानाध्यापक योगराज पौडेल आफैले
माइनोट पुस्तिका च्यातेको भनि दोषारोपण गरेका छन् भने यता प्रधानाध्यापक योगराज पौडेलले माइन्युट पुस्तिका अध्यक्ष पुष्कल पराजुलीले च्यातेको भनी दोषारोपण गरेका छन्।
जति सक्दो चाँडो जनप्रतिनिधिहरु , राजनीतिक दलको प्रतिनिधिहरु, बुद्धिजीवी ,सम्बन्धित निकायको प्रतिनिधिहरुको भेला राखी मिल्नु, मिलाउनुको सट्टा नेपाली काङ्ग्रेस ले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र नेकपा एमालेले विद्यालय प्रशासनलाई उचालेर भए नभएको हावा भरेर खाडललाई झन् झन् फराकिलो बनाउँदै गएको देखिएको छ। यी दुवै दलका प्रतिनिधिहरूले विद्यालयका यी दुवै अङ्गलाई एकै ठाउँमा ल्याई मुद्दालाई सुल्झाउनुको सट्टा झन् झन् बल्झाउँदै गएको मैले महसुस गरेको छु। विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन दुवैद्वारा सामाजिक सञ्जालमा एकअर्कालाई दोषारोपण गर्दै आफू गंगाजलले नुहाए जस्तो पानीमाथिको ओभानो हुन खोज्ने प्रवृत्तिले मेरो विद्यालयको प्रतिष्ठा , इज्जत र अस्मितामाथि दिनानुदिन खेलबाड भइरहेको महसुस भइरहेको छ। यी बाँदरहरूको चलखेलले कतै मेरो विद्यालय नरिवल त हुने होइन!!???
विद्यालय एक शान्ति क्षेत्र हो सबैमा चेतना भया!!
नोट: विस्तृत जानकारीका लागि तल दिएका लिङ्कहरू मा जानुहोला।
बराह दर्पण
https://www.facebook.com/share/p/175DFX93L5/
.......,............................................................
कपरी न्युज
https://www.facebook.com/share/p/16EA4MGeFf/
पूर्वी पहिलो खबर
https://www.facebook.com/share/v/164xbWwrTA/
कमला कार्की कटवाल
https://www.facebook.com/share/v/18axfTSLQj/
पूर्वी पहिलो खबर
बराह खबर
https://www.facebook.com/share/1CRGhzGBRL/
रामबहादुर कार्की
https://www.facebook.com/share/15oRB6eEXX/
विराट टेलिभिजन
https://www.facebook.com/share/v/19HFeMEdFn/
सूत्र न्युज
सूर्यकुण्ड डट कम
https://www.facebook.com/share/v/18isbW8FC4/
Achyut Bhattarai
